महामारीमा प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्र लेखापालको भरमा
2021/05/09, 12:17
 
dd

सुदूरपश्चिममा कोरोना संक्रमण भयावह रुप लिएप नि सुदूरपश्चिम प्रदेश सरकारको मातहतमा रहेको प्रादेशिक स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्र भने लेखापालको भरमा चलेको छ ।

यस्तो महामारीका बेला सुदूरपश्चिममा स्वास्थ्यका सम्पूर्ण सामग्री आपूर्ति गर्ने जिम्मेवारी पाएको आपूर्ति केन्द्र भने सामाजिक विकास मन्त्रालयको स्वार्थका कारण प्रमुख बिहिन भएको हो ।

११ औं तहका हेल्थ ईन्स्पेक्सन समूहको निर्देशक बनाउनु पर्ने आपूर्ति केन्द्रमा लेखा समूहको सातौ तहका कर्मचारीलाई निमित्त प्रमुखको जिम्मेवारी दिईएको छ । 

पुष ७ गतेदेखि आपूर्ति केन्द्रको निमित्त प्रमुखको जिम्मेवारी पाएका पदम बिष्ट सामाजिक विकास मन्त्री मन्त्रालयको स्वार्थका कारण सो पदमा टिकेका हुन् । सामाजिक विकास मन्त्रालयले त्यसअघि डा. निरज अर्याललाई निमित्त निर्देशकमा नियुक्त गरेको थियो ।

सुदूर पश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले अर्यालको नियुक्तिको बिरोध गर्दै अदालतमा मुद्दा दायर गरेपछि अदालतको फैसला अनुसार अर्यालको त्यहाँबाट काज फिर्ता भएको थियो ।

अवस्थीको आपूर्ति केन्द्रको प्रमुख आफूलाई बनाउनु पर्ने जिकिर थियो । अदालतको मंसिर १६ गतेको फैसलाले अर्यालको नियुक्तिलाई बदर गरेपनि डा. अवस्थी पनि आपूर्ति केन्द्रको प्रमुख भने हुन पाएनन ।

आपूर्ति केन्द्रको वार्षिक बजेट २५ करोड रुपैया रहेकोमा संघीय सरकारले १७ करोड रुपैया थप पठाएको थियो । सोही बजेटलाई आफू अनुकल चलाउन आफू अनुकुलकै आपूर्ति केन्द्रको प्रमुख बिष्टलाई सामाजिक विकास मन्त्रालयले जोगाएर राखेको आरोप लागेको छ ।