कञ्चनपुरको गड्डा चौकीमा होल्डिङ्ग सेन्टर नहुदा भारतबाट आएकाहरुलाई सास्ती
2021/05/09, 4:31
 
dd

कञ्चनपुरको सीमा नाका गड्डा चौकीमा होल्डिङ्ग सेन्टर नहुँदा भारतबाट आएका नेपाली सिमानाकाको सडकमै बस्न बाध्य बनेका छन । कोेरोनाका कारण भारतमा लकडाउन भएपछि काम नै नहुदा स्वदेश फर्केका नेपालीहरु सीमानाकामा होल्डि सेन्टर नहुदा सडकमै बस्नु परेको हो ।

भारतबाट स्वदेश फर्किएकाहरुको सीमानाकामा चेकजाँच र कोरोना परीक्षण हुने भएकाले उनीहरु केही समय सीमानाकामा रोकिननु परेको हो । आफूसँगै आएका साथीमा कोरोना संक्रमण देखिएपछि बिहानदेखिनै सडकको छेउमा बस्न बाध्य भएको र सरकारले सीमानाकामा होल्डिङ सेन्टर बनाउन सके केही राहात हुने उनीहरुको भनाइ छ ।

गड्डाचौकी हेल्पडेस्कमा दरबन्दी अनुसारको जनशक्ति नहुँदा कोरोना परीक्षण गर्न गाह्रो भएको र कहिले काँही किटको अभावले पर्याप्त मात्रामा एन्टिजेन टेस्ट गर्न नसकेको गड्डाचौकी हेल्पडेस्कमा खटिएका हेल्थ असिस्टेन्ट आकाश बारुडीले बताए ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सीमानाकामै होल्डिङ सेन्टर बनाएर सबैलाई आ–आफ्नो गन्तब्यसम्म पुर्याउन ब्यवस्था गरिरहेको जनाएको छ । साथै, होल्डिङ सेन्टर निर्माणका लागि नेपाली सेनालाई परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख राम कुमार महतोले बताए ।