
बैतडीको मैलौली नगरपालिका वडा नं.२ सिल गरिएको छ । शनिबार वडामा बसेको विपद व्यवस्थापन समितिको बैठकले वैशाख २५ देखि जेठ २ गते सम्म सिल गर्ने निर्णय गरेको वडा अध्यक्ष महेन्द्र बहादुर चन्दले जानकारी दिएका छन् ।

वडाको सेलि , लिफोडा टोलमा कोरोना संक्रमितहरु देखिएकाले एक टोल बाट अर्कोे टोलमा जान समेत रोक लगाएको उनले बताए ।
वडाका केही टोलमा ज्वरो, रुघा खोकी लगायतका लक्षण सहितका बिरामी बढ्न थालेपछि वडा भित्रकै टोलहरुमा आवतजावत बन्द गरिएको छ ।

शनिबार देखि जेठ २ गते सम्म अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा समेत बन्द गरिएको र कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि यस्तो निर्णय गरिएको वडाअध्यक्ष चन्दले बताए।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04