सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा सेतीको प्रयोगशालामा ६२३ नमूना परीक्षण गर्दा ३२८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
संक्रमितमध्ये नगढीका मात्रै २४० जना रहेका छन्। यस्तै धनगढी बाहेक कैलालीका ७३ जना र अन्य जिल्लाका १५ जनामा संक्रमण पुस्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।
हाल अस्पतालमा ५४ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये ५ जना भेन्टिलेटरमा, १८ जना आइसियूमा, २६ जना अक्सिजन सपोर्टमा उपचाररत छन्।
पछिल्लो २४ घण्टामा सेती अस्पतालमा थप ७ जना कोरोना संक्रमितको ज्यान गएको छ। पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट २ जना निको भई घर फर्किएका छन् भने थप ३ जना अस्पतालमा भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।