
पछिल्लो २४ घण्टामा कैलालीमा उपचाररत थप ५ जनाको ज्यान गएको छ। कैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो।

मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ का ५१ वर्षीया महिला, ७ की ६० वर्षीया महिला र ७ कै ६७ वर्षीय पुरुषको रहेकोे अस्पतालका मेसु डा. रेमकुमार राईले बताए।
त्यस्तै जानकी गाउँपालिका–१ का ५८ वर्षका पुरुष र बर्दगोरीया गाउँपालिका–४ का ४५ वर्षका पुरुषको समेत उपचारका क्रममा ज्यान गएको छ।

मृतक सबैमा कोरोनाका लक्षण देखिएको थियो। उनीहरु मध्ये कतिपयको कोरोना पोजेटिभ रिपोर्ट आएको र कतिपयको रिपोर्ट आउना बाँकी रहेको मेसु राईले बताए।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04