कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट सोमबार १२८४ जना नेपाल भित्रिएका छन्।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकी नाकाबाट २५५ जना र गौरीफन्टाबाट १०२९ जना गरी १२८४ जना स्वदेश फर्किएका हुन ।
दुवै नाकाबाट स्वदेश फर्किएका मध्ये १७ जनामा कोरोना संक्रमण देखिएको छ । गड्डाचौकी नाकाबाट २५५ जना भित्रिएकोमा ६१ जनामा एन्टीजेन परिक्षण गर्दा २ जना र गौरीफन्टाबाट १०२९ जना भित्रिएकोमा ८२ जनामा एन्टीजेन परिक्षण गर्दा १५ कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
कोरोना संक्रमण देखिएका बाहेका बाँकी अरु सबैलाई आ-आफ्नो स्थानीय तहको जिम्मा लगाईने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए ।
कोरोना संक्रमण देखिएका व्यक्तिहरुलाई भने कञ्चनपुरको महाकाली अस्पताल र सेती अस्तालको आईसोलेसनमा राखिने गरेको जनाएको छ । यस्तै सोमबार नै दुवै नाकाबाट १ सय ८० जना नेपालबाहिर गएका छन् ।