
पछिल्लो २४ घण्टामा कैलालीमा उपचाररत थप ८ जनाको ज्यान गएको छ । कैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ का ५१ वर्षीया महिला, ७ की ६० वर्षीया महिला र ७ कै ६७ वर्षीय पुरुषको रहेकोे अस्पतालका मेसु डा. रेमकुमार राईले बताए ।
त्यस्तै जानकी गाउँपालिका–१ का ५८ वर्षका पुरुष र बर्दगोरीया गाउँपालिका–४ का ४५ वर्षका पुरुषको समेत उपचारका क्रममा ज्यान गएको छ । मृतक सबैमा कोरोनाका लक्षण देखिएको थियो ।

त्यसैगरी मृत्यु हुनेमा कैलालीको जोशीपुर गाउँपालिका–१ का ५० वर्षीय पुरुष र जोशीपुर गाउँपालिका–५ का ६० वर्षीय पुरुष र टीकापुर नगरपालिका–१ की ४५ वर्षीया महिलाको रहेको अस्पतालका मेसु डा. राईले बताए ।
2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/06, 10:17
2021/04/28, 10:21
2022/11/06, 1:13