कञ्चनपुरमा कोरोनाका बिरामी निको हुनेको सङ्ख्या भन्दा मृत्यु हुनेको संख्या बढ्दै गईरहेको छ । कोरोना महामारीको नयाँ भेरियन्ट सहित सुरु भएको दोस्रो लहरमा संक्रमित हुने बिरामीहरु दिनप्रति दिन बढ्दै गएका छन् ।
जिल्लाको सोमवारको संक्रमित तथ्याङ्कलाई हेर्ने हो भने आइतवार सम्म संक्रमित हुनेको संख्या भन्दा सोमवार संक्रमित हुनेको सङ्ख्या घटेको छ । सोमवार जिल्लामा १ सय ८४ नयाँ संक्रमित थपिएका छन् । यस्तै सोमवार नै ७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । “आइतवार नयाँ कोरोना संक्रमितको संख्या २ सय ९३ जना थियो, त्यसै गरेर संक्रमितबाट मृत्यु हुनेको संख्या ५ जना थियो ।”
स्वास्थ्य कार्यालय कञ्चनपुरकी कम्प्यूटर कपरेटर महिन्द्रा भट्टले भनिन्, “सोमवार आएर संक्रमितको सङ्ख्या घटेर १ सय ८४ नयाँ संक्रमित थपिएका छन्, यस्तै सोमवार संक्रमितबाट मृत्यु हुनेको सङ्ख्या ७ जना रहेको छ, यसले गर्दा दैनिक संक्रमित हुनेको संख्या भन्दा मृत्यु हुने मानिसको संख्या बढ्दै गएको छ ।”
जिल्लामा हालसम्म ३ हजार ७६ जना पिसिआर टेष्ट र १ हजार १ सय ४२ जना एन्टिजेट टेष्ट गरेर जम्मा ४ हजार २ सय १९ जना कोरोना संक्रमित भैसकेको जनाउको छ । जसमध्ये हाल सम्म पिसिआर र एन्टिजेन गरेर १ हजार ९७ जनामा भने सक्रिय संक्रमित बिरामी रहेका छन् ।यस्तै सक्रिय संक्रमित बिरामीमध्ये जिल्लाको विभिन्न ठाउँका अस्पतालहरुम उपचार भैरहेको छ ।
“जिल्लाको महाकाली अस्पतालमा हाल ६६ जना कोरोना संक्रमितको उपचार भैरहेको छ भने २१ जना संक्रमित बिरामीको सामुदायिक स्वास्थ्य ईन्सिटच्यूटमा उपचार भैरहेको अवस्था छ ।, यसैगरी थप अन्य संक्रमित बिरामी मध्ये १५ जना बेलौरी र ७ जना पुनर्वास नगरपालिका क्षेत्रमा संक्रमितको उपचार भैरहेको छ ।” कम्प्यूटर अपरेटर भट्टले भनिन्, ।
यसैगरी सक्रिय संक्रमित मध्येबाट हाल सम्म जिल्लामा ७४ जनाको मृत्यु भएको छ । जसमध्ये अन्य होम आइसोसनमा घरमा बसेका छन् भने बाँकी संक्रमित निको भएको उनको भनाई छ ।यस्तै यता स्वास्थ्य कार्यालयका कोभिड सम्पर्क व्यक्ति सिद्ध राज भट्टले भने कोभिड संक्रमितको सङ्ख्या घटेको अवस्थामा भन्न नसकिने बताए । उनले भारतबाट नेपाल आउने नेपाली नागरिकको संख्या घटेको भएपनि संक्रमण दर भने उच्च हुँदै गएको उनको भनाई छ ।
“जनमानसमा एउटा सन्देश के गएको छ भने अस्पतालमा संक्रमितको संख्या भरिभराउ छ, सामान्य अवस्थामा पनि अस्पताल किने जाने भन्ने सोचको विकास भएको अवस्था छ ।” कोभिड सम्पर्क व्यक्ति भट्टले भने,“ कोरोनाको दोस्रो लहर समुदाय स्थरमा प्रवेश गरिसकेको अवस्था छ, यसले गर्दा संक्रमितहरु घरमै रहेर होमआइसोलनमा रहेर पनि संक्रमितको संख्या घटेको हनुपर्छ ।”
उनका अनुसार बिरामी भएको अन्तिम उपाय भनेको अस्पताल नै भएकोले संक्रमित भएको शंका लागेपनि कोरोना टेष्ट गनुपर्ने उनको भनाई छ । यस्तै कोरोना पोजेटिभ आएको अवस्थामा पनि संक्मित बिरामीले अस्पतालकै सुझाव अनुसार गयो भने बिरामी निको हुने सम्भावना धेरै हुने उनको बुझाइ छ ।
यसैगरी सोमवार गड्डाचौकी नाकाबाट पनि २ सय ४४ जना नेपाली नागरिक नेपाल भित्रिएका छन् । जसमा २ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाको दोस्रो लहर सुरु भएपछि फाल्गुन २४ गते यता हाल सम्म उक्त नाका भएर २७ हजार ५ सय ४३ जना नेपाली नागरिक स्वदेश फर्किएको जिल्ला प्रशासन कार्यालयले जनाउको छ ।