कोरोना संक्रमण नियन्त्रणका लागि कैलाली कांग्रेसले अघि सार्‍याे १३ बुँदे माग (पूर्णपाठ)
2021/05/10, 8:50
 
dd

नेपालमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि नेपाली कांग्रेस कैलालीले तिनै तहका सरकार समक्ष १३ बुँदे माग राखेको छ। 

कोभिड–१९ को असहज परिस्थितिमा सरकारको चरम लापरवाही, गैरजिम्मेवारीपूर्ण रवैया र असंवेदनशिल कार्यले संव्रmमणको दर दिनानुदिन बढदै गएको भन्दै कांग्रसले मानवीय जिवनको रक्षा गर्न अपील गरेको हो। 

सोमबार नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाहले एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ संव्रmमणको बढ्दो प्रभावलाई नियन्त्रण, पहिचान, उपचार र व्यवस्थापन गर्न सरकार समक्ष माग गरेका हुन्। 

कांग्रेस कैलालीले विशेषत् सुदूरपश्चिम प्रदेशमा आवश्यक अक्सिजन प्लान्ट जडान गर्नुपर्ने, आइसोलेसन निर्माण, अत्यावश्यक अक्सिजन, भेन्टिलेटर तथा अन्य स्वास्थ्य उपकरणको व्यस्थापन गर्नुपर्ने, भारतबाट आएकाहरुको व्यवस्थापन गर्नुपर्ने, फ्रन्टलाइनमा खटिएकाहरुलाई प्रोत्साहन गर्नुपर्ने, अन्य बिरामीको उपचार हुने वातावरण बनाइनुपर्ने र निषेधाज्ञाको समयमा प्रभावित बनेका मजदुर तथा विपन्न वर्गलाई राहत दिनुपर्ने लगायतका माग राखेको छ।

यस्तो छ विज्ञप्ति:

कोभिड–१९ का कारण समाजका सबै अंग प्रतिअंगहरुले सकस व्यहोरी रहेको सर्वविदित्तै छ । कोभिड–१९ को यो असहज परिस्थितिमा सरकारको चरम लापरवाही, गैरजिम्मेवारीपूर्ण रवैया र असंवेदनशिल कार्यले संव्रmमणको दर दिनानुदिन बढदै गएको छ । सरकारकै हठपूर्ण व्यवहार, सर्वसत्तावादी चरित्र र तानाशाही प्रवृतिले वर्तमान अवस्थामा देशको राजनीतिक वातावरण समेत अनिश्चिता, अन्यौल र संकटग्रस्त बन्दै गएको देखिन्छ, भने अर्काे तिर कोराना महामारीको दोस्रो लहर सँगै मानवीय जिवनको रक्षा गर्न सरकार पूर्णत् असक्षम साबित भैसकेको हाम्रो निष्कर्ष छ ।

कोभिड–१९ को नयाँ स्वरुपको प्रभावका साथै संव्रmमण र मृत्युदरको तथ्यांक आगामी दिनमा अझ बढी उकालो लाग्ने सम्भावना रहेको छ । सरकारले कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न आवश्यक कदमहरु तदारुकताका साथ चाल्नुको सट्टा विद्यमान स्वास्थ्य प्रणालीले कोराना नियन्त्रण गर्न नसक्ने औपचारिक घोषणा गरि जनतालाई ढाँडस होइन् सन्त्रास फैलाउने र नागरिक स्वास्थ्य सुरक्षा प्रतिको आफ्नो प्रथम कर्तव्य र दायित्वबाट सामाजिक जवाफदेहिता बिर्सिएर भाग्ने प्रयास गरिरहेको छ । 

दैनिक जसो बृद्धि भैरहेको संव्रmमितहरुको उपचारका लागि आवश्यक अक्सिजनको व्यवस्थापन, अस्पतालमा शैया (बेड), आईसियु र भेन्टिलेटर लगायतका अतिआवश्यक स्वास्थ्य सामाग्रीहरुको जोहो गर्न, बढ्दो संक्रमण नियन्त्रणको प्रयास गर्न संघ, प्रदेश र स्थानीयतह बिच समन्वय गरि होल्डी¨ सेन्टर, क्वारेन्टाइन स्थल र आईसोलेशन कक्षहरुको निर्माणमा यतिसम्म हुदाँ पनि सरकारको ध्यानदृष्टि नपुग्न सक्नु हामी नागरिकहरुका लागि बिडम्बनाको विषय हो । यो बिच अक्सिजनको चरम अभावका कारण उत्पन्न भयावह परिस्थितिले मृत्यु दरमा अविश्वसनीयत्वरले बृद्धि भैरहेको छ । तत्कालका लागि अति आवश्यक अक्सिजन आपूर्ति, आईसियु र भेन्टिीलेटर स्थापनाको गर्ने दायित्व राज्यको नै भएकोले यि कार्यहरु अविलम्ब कार्यान्वयनमा ल्याउन हामी सरकार संग आग्रह गर्दछौं ।  

कोभिड–१९ संव्रmमणको बढ्दो प्रभावलाई नियन्त्रण, पहिचान, उपचार र व्यवस्थापन गर्न नेपाली काँग्रेस, कैलाली सबैतहका सरकार सँग जोडदार माग गर्दछ †

(१) हाल देखिएको कोभिडका बिरामीहरुका लागि सबैभन्दा बढी उपचारमा आवश्यक भएको अक्सिजन आपूर्ति सहजतापूर्वक तत्काल उपलव्ध गराउन र स्वास्थ्य उपचारलाई सहज बनाई अक्सिजन अभावका कारण कसैले पनि मृत्युवरण गर्नु नपर्ने अवस्था सिर्जना गर्न दिर्घकालिन रुपमा समस्या समाधानका लागि राज्यको लगानीमा सुदुर पश्चिम प्रदेशमा आवश्यक अक्सिजन पलान्ट यथाशीघ्र स्थापना गर्न जोडदार माग गर्दछौ । 

(२) कोभिड–१९ संव्रmमितलाई अस्पतालमा आवश्यक शैया (बेड), अक्सिजन, आईसियु,  भ्यान्टिलेटर र जनशक्ति लगायतका स्वास्थ्य पूर्वाधार, आवश्यक औषधी र अन्य स्वास्थ्य सामाग्रीको तत्काल यथोचित व्यवस्था गरियोस् । 

(३) सिमाबाट आउने नागरिकका लागि सिमामा स्वास्थ्य परिक्षण गर्ने, सिमामै होल्डि¨ केन्द्र स्थापना गरि चेकजाँच गर्ने, पोजिटिभ देखिएका बिरामीलाई तत्काल आईसोलेशन र स्वास्थ्य अवस्था हेरी अस्पताल भर्ना गर्ने, नेगेटिभ देखिएका बिरामीलाई स्थानिय निकायको समन्वयमा घर पठाउने र अनिवार्यरुपमा ७ दिन होमआईसोलेशनमा बस्नुपर्ने व्यवस्था कडाईका साथ पालन गर्न गराउन संघिय, प्रदेश र स्थानीय सरकारसँग जोडदार माग गर्दछौ । 

(४) हाल कोराना पोजेटिभ भएका बिरामीहरुको कन्ट्याक्ट टे«सि¨ भैरहेको छैन्, बढी भन्दा बढी कन्ट्याक्ट टे«सि¨को प्रभावमा परेका लाई पहिचान गरि सम्भावित संक्रमणको श्रृंखला टुटाउन र संव्रmमितको पहिचान र व्यवस्थापनमा सव्रिmयता साथ लाग्न सरकार सँग माग गर्दछौ ।  

(५) प्रदेश स्तरमा हाल सम्म सरुवारोग सम्वन्धि कुनै पनि अस्पताल नभएकाले दिर्घकालिन रुपमा सरुवा रोग सम्बन्धी कम्तिमा ५ सय शैयाको सरुवा रोग अस्पताल निर्माण गर्न माग गर्दछौ ।

(६) स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, पत्रकार, एम्बुलेन्स चालक र स्वतस्फूर्तरुपमा महामारी नियन्त्रणमा सहयोग पु¥याई रहनु भएका महानुभावहरुका साथै, बिरामीको प्रत्यक्ष उपचार तथा दाहसंस्कारको कार्यमा समेत संलग्न मानवस्रोतका लागि स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन र सरकारी तथा गैरसरकारी निकायहरुले निजहरुको बिमा र शतप्रतिशत प्रोत्सान भत्ताको व्यवस्था गर्न स्थानिय, प्रदेश र संघिय सरकार सँग जोडदार माग गर्दछौ ।

(७) कोरोना संक्रमण नियन्त्रणको आवश्यक व्यवस्थापनका लागि स्थानिय सरकारलाई तत्काल आवश्यक बजेट उपलब्ध गराई होल्डि¨ केन्द्र, क्वारेन्टाइन, आइसोलेशन स्थापनागर्नुको साथै संक्रमित बिरामीहरुलाई आवश्यकतानुसार ओहोरदोहर गर्न एम्बुलेन्स लगायतका अन्य सवारी साधनहरुको उचित व्यवस्था गर्न माग गर्दछौ ।    
(८) लकडाउनका कारण आर्थिक अवस्था कमजोर भएका तथा संक्रमित नभएका बिरामी जस्तैः जेष्ठ नागरिक, दिर्घरोगी र नियमि  डाईलासिस गर्नुपर्ने, क्यान्सर, गर्भवती, सुत्केरी, नवजात शिशु, सिकलसेल र अपां¨ता भएका व्यक्तिहरु र गर्मीयाममा प्रायः बढ्ने गरेको सर्पदंश र प्राकृतिक प्रकोपजन्य रोगहरु जस्तैः टाईफाइड र औलो लगायतका आकस्मिक दुर्घटनामा परेका बिरामीहरुको नियमित उपचारहुने प्रबन्ध मिलाउन जोडदार माग गर्दछौ ।  

(९) दैनिक ज्यालादारीगर्ने श्रमिक वर्ग, अति विपन्न र सिमान्तकृत समुदायलाई दिनहुँ छाकटार्न मुस्किलपर्ने हुँदा सम्बन्धितहरुका लागि राहतको व्यवस्थागर्न स्थानिय सरकारलाई आग्रह गर्दछौ । साथै, उधोगी–व्यवसायीहरुको व्यापार व्यवसाय ठप्प रहेकाले तत्काल बंैक ब्याज तिर्न नसक्ने अवस्था सिर्जना भएका कारण ब्याजको किस्ता तिर्ने केही समय लम्बयाउन र “कृषि देखि कारखानासम्म”का लागि नितान्त आवश्यक आर्थिक राहतको प्याकेज घोषणा गरी कार्यान्वनमा ल्याउन संघिय सरकार सँग माग गर्दछौ । 

(१०) लकडाउनका बेला बजारमा हुने कालोबजारी नियन्त्रण गर्न समाजका सबै वर्ग तथा राज्यका सबै संयन्त्रलाई प्रभावकारी बनाउन आग्रह गर्दछौ ।

(११) कृषिको क्षेत्रमा केही दिनभित्रै बर्षेबालीको खेती प्रारम्भहुने भएकाले त्यसको लागि अपरिहार्य मल, बिउबिजन र आवश्यक ईन्धनको नियमित उपलब्धता र कृषकहरुले उत्पादन गरेका उत्पादित वस्तुहरुको बजारसम्मको सहज पहुँचको लागि व्यवस्था गर्न सरकार सँग माग गर्दछौ । 

(१२) स्वास्थ्य सुरक्षाका सबैखाले मापदण्ड पालनागर्न आमजनतामा पार्टी हार्दिक अपिल गर्र्दछ । साथै, कोराना संक्रमणका कारणले मृत्युवरण गर्नु भएका सम्पूर्ण नागरिकहरु प्रति दुखका साथ भावपुर्ण श्रृध्दान्जली व्यक्त गर्दै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।

(१३) निर्माणाधिन गेटा मेडिकल कलेजमा आईसोलेशन केन्द्र स्थापना गरी ठुलो संख्यामा संक्रमितहरु राख्न सक्ने सम्भावना रहेता पनि निर्णयका बावजुद राज्यले त्यसलाई गम्भीरतापूर्वक नलिएर गरिरहेको वेवास्ताको घोर निन्दा गर्दै, त्यहाँको लागि अविलम्ब आवश्यक मानविय जनशक्ति, स्रोत र साधन, अक्सिजनको आदिको व्यवस्थापन गर्न जोडदार माँग गर्दछौं । 

कोभिड–१९ बाट संक्रमित हुनु भएका समस्त बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । साथै, यहाँहरुको निम्ति स्वास्थ्य सेवाको यथोचित व्यवस्था गर्न तथा निको हुनु भएका महानुभावहरुको समेत पूर्ण स्वास्थ्य सुविधामा विशेष दृष्टि पु¥याउन स्थानीय, प्रदेश र संघिय सरकारको गम्भीरत्वरले ध्यानाकर्षण गराउन चाहन्छौ । 

अन्तमा, कोभिड–१९ को महामारी बिरुद्ध एकबद्ध भै सामना गर्न नेपाली काँग्रेस, कैलाली आमनागरिकहरुमा आग्रहपूर्ण आव्हान गर्दै, सबैखाले बिरामीहरुको पहिचान, उपचार र व्यवस्थापमा निस्वार्थभावले खट्नि समस्त पार्टीपंक्तिमा हार्दिक अपिल गर्दछौं ।  
जय नेपाल । 

नरनारायण शाह
सभापति