जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विभिन्न स्थानबाट अक्सिजन ग्यास सिलिण्डर संकलन गरी महाकाली अस्पताललाई हस्तान्तरण गरेको छ।
जिल्लाका विभिन्न ग्यारेज र वर्कसपमा अनावश्यक रूपमा भण्डारण गरिएका २० थान सिलिण्डर जफत गरी अस्पताललाई हस्तान्तरण गरेको प्रहरीले जनाएको छ।
‘हालसम्म २० वटा सिलिण्डर संकलन गरेर बुझाएका छौं, फेरि खोजीरहेका छांै। महामारीका बेला अक्सिजन सिलिण्डरको अभावमा संक्रमितले ज्यान गुमाइरहेको अवस्थामा यो कदम थालेका हौ’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले भने।
अक्सिजन नपाएर बिरामीहरुको उपचारमा समस्या भइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गरेको कार्य अत्यन्त प्रशंसनीय भएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए।
2024/11/27, 6:44
2024/11/27, 6:19
2024/11/27, 6:04
2024/11/27, 5:57
2024/11/27, 5:35
2024/11/27, 6:44
2024/11/27, 6:19
2024/11/27, 6:04
2024/11/27, 5:57
2024/11/27, 5:35
2022/10/28, 12:57
2024/04/01, 2:50
2021/02/18, 7:42
2021/09/19, 8:09
2020/06/30, 6:27