अक्सिजन ग्यासको खोजीमा भौतारिदै संक्रमितका आफन्त
2021/05/11, 3:37
 
aa

धनगढीमा अक्सिजन ग्यासको चरम अभाब भएको छ । कोरोना संक्रमितका लागि अत्यावश्यक चाहिने ग्यासको चरम अभाब भएपछि बिरामी मारमा परेका छन् । सुदूरपश्चिमको एक मात्रै मालिका अक्सिजन ग्यास उद्योगमा सोमबार राति ग्यास उद्योगको प्लान्ट बिग्रिएपछि उत्पादन पनि बन्द भएको छ ।

दैनिक एक सय ५० देखि एक सय ८० सिलिन्डर अक्सिजन उत्पादन क्षमता भएको उद्योगको अक्सिजन प्लान्ट सोमबार राति बिग्रिएपछि फेरि अक्सिजन ग्यासको चरम अभाब हुन पुगेको छ । संक्रमितका बिरामी अक्सिजनको खाजी गर्न  ग्यास उद्योगमै पुग्ने गरेका छन् ।

मंगबार मात्रै कोरोना संक्रमितका आफन्तहरु ग्यास खोज्नका लागि ग्यास उद्योगमै लाईनमा बसि ग्यासको प्रखाईमा बसेका थिए ।कोरोनाको दोस्रो लहर सुरु भएसगै त्यसको पत्यक्ष असर कैलालीमा पनि परेको छ । अहिले कैलालीको सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितले भरिभराउ भएका छन् । भने यहाँका निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार भईरहेको छ ।

तर उनिहरुलाई अक्सिनको आवश्यक पर्ने भएपनि  अक्सिजन नपाउदा अकालमै ज्यान गुमाउन बाध्य हुने गरेका छन् । संक्रमितका आफन्तहरु ग्यासको जोहो गर्नकैलागि  ग्यास उद्योगमा तिन चार दिन सम्म पनि लाईनमा बस्नु परेको गुनासो गर्दै आईरहेका छन् ।  

कोरोनाको स्थिती भयाभह हुदाँ समेत प्रदेश सरकार मौन बसेको समेत उनिहरुले आरोप लगाएका छन्  । दैनिक एक सय ५० देखि एक सय ८० सिलिन्डर अक्सिजन उत्पादन गर्दे आईरहेको मालिका अक्सिजन ग्यास उद्योग अत्यधिक तापका कारण प्लान्ट बिग्रिएपछि  थप संकटको अवस्था आएको छ ।  

अहिले मर्मत गर्नका लागि भारतको दिल्लीबाट सामान र मिस्त्री ल्याउन पहल भईरहेको मालिका अक्सिजन ग्यास उद्योगले जनाएको छ ।