
कैलालीमा अब हप्ताको ३ दिन मात्रै खाद्य, तरकारी तथा फलफूलका पसल खोल्न पाइने भएको छ ।

कोरोना संक्रमण बढ्न थालेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले जिल्लामा जारी निषेधाज्ञालाई जेठ ६ गतेसम्म निरन्तरता दिने र थप कडाई गर्ने निर्णय समेत गरेको छ ।
यसअघि हप्ताको सातै दिन खुलिरहेका खाद्य, तरकारी तथा फलफूलका पसल अब ३ दिन मात्रै खोल्न पाइने भएको हो ।

स्वास्थ्य सेवा, दूध डेरी तथा पेट्रोलियम पदार्थ सम्बन्धी पसल बाहेक तरकारी, फलफूल तथा खाद्य वस्तुका पसलरव्यवसायहरु हरेक मंगलबार, बिहिबार र शनिबार बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04