सुदूरपश्चिममा ८१८ जनामा कोरोना पुस्टि, २८१ जना निको भए
2021/05/11, 10:20
 
Corona

 मङ्गलबार सुदूरपश्चिम प्रदेशका ७ वटा प्रयोगशालामा १३५० नमूना पीसीआर तथा ३७३ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छ

पछिल्लो २४ घण्टामा दुवै विधिबाट गरेर कूल १७२३ नमूना परीक्षण गर्दा ८१८ जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। 

पीसीआर विधिबाट परीक्षण गर्दा ७३१ जना संक्रमित भेटिएका छन् भने, ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ८७ जना संक्रमित फेला परेका छन्।

सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल डोटी, बैतडी अस्पताल, बझाङ्ग अस्पताल र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १३५० जनाको नमूना परिक्षण गर्दा थप ८१८ जनामा संक्रमण पुस्टि भएको निर्देशनालयले जनाएको  छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ६५९ नमूना परीक्षण गर्दा २७५ जना, महाकाली अस्पतालमा १२३ नमूना परीक्षण गर्दा ९७ जना, डडेल्धुरा अस्पतालमा १०७ नमूना परीक्षण गर्दा ६३ जना, डोटी अस्पतालमा १०६ नमूना परीक्षण गर्दा ६७ जना बैतडी अस्पतालमा १८८ नमूना परीक्षण गर्दा ११३ जना, बझाङ्ग अस्पतालमा ७१ नमूना परीक्षण गर्दा ३९ जना र अछामको कमलबजार अस्पतालमा ९६ जनाको नमूना परीक्षण गर्दा ७७ जनामा कोरोना संक्रमण पुस्टि भएको हो।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा १ लाख ८७ हजार ९७ नमूना परीक्षण गर्दा २५ हजार ७ सय जनामा संक्रमण फेला परेको छ। 

प्रदेशभर संक्रमण पुस्टि भएका १५ हजार १ सय २५ जनाले कोरोना जितेका छन् भने, २५६ जनाको मृत्यु भएको छ।

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा ३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने, २८१ जना संक्रमित निको भएका छन्।

बिगत २४ घण्टामा कैलालीका १० जना, कञ्चनपुरका १६, बझाङ्गका २, त्यस्तै अछाम, डडेल्धुरा र बैतडीका १र१ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।