अक्सिजन आपुर्तीमा समस्या थपिदै गए सुदूरपश्चिम प्रदेशका निजी अस्पतालमा कोरोना बिरामीको उपचार गर्न नसकिने जनाएको छ । निजी अस्पताल संघ सुदूरपपश्चिम प्रदेश (अफिन) ले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । अक्सिजन आपुर्ति प्रयाप्त भएन भने आजै देखि नयाँ कोभिडका बिरामीहरु भर्ना दिन नसकिने अवस्था आईसकेको सबैमा जानकारी गराउदछौँ, अफिन सुदूरपश्चिम प्रदेशका अध्यक्ष जनक राज जोशीद्धारा हस्ताक्षर विज्ञप्तिमा भनिएको छ ।
यस्तै अफिनले अक्सिजन सहज रुपमा उपलब्ध गराउने वातावरण मिलाईदिन सरकारलाई समेत अनुरोध गरेको छ । बिश्वभर फैलिरहकेको नयाँ भेरियन्टको कोरोना भाइरसका कारण सुदूरपश्चिम प्रदेशमा पनि यसको प्रत्यक्ष असर परेको छ । प्रदेशमा बढ्दो कोरोनाका कारण यहाँका सरकारी अस्पतालहरु संक्रमितले भरिभराउ हुन पुगेका छन् । त्यस लगत्तै प्रदेश सरकारको सहकार्यमा यहाँका निजी अस्पतालहरुले संक्रमितहरुको उपचारको लागि वार्ड सञ्चालन गरेका हुन् ।