
कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मीका ३५ वर्षीय मीन ठकुल्लाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
मंगलबार राति घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानीस्थित पश्चिमबाट पुर्वतर्फ गइरहेको ना ४ ख ८९४० नम्बरको ट्रकले विपरित दिशाबाट आइरहेको से ५ प २२९९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो।

मोटरसाइकल चालक ठकुल्लाको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै ट्रक चालक चुरे गाउँपालिका वडा नम्बर ६ फल्टुडे बस्ने ३३ वर्षीय चेतबहादुरलाई इलाका प्रहरीकार्यालय सुख्खडले नियन्त्रणमा लिएको छ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 7:33
2021/08/16, 9:20
2022/05/31, 2:16
2023/01/25, 5:37
2024/12/09, 12:15