सुदूरपश्चिमका ९ वटै जिल्लामा पूर्ण निषेधाज्ञा (हेर्नुस् कहाँ–कहाँ र कहिलेसम्म ? सुची सहित) 
2021/05/12, 10:26
 
dd

कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि हाल देशका ६५ जिल्लामा पूर्ण निषेधाज्ञा छ । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा पनि पुर्ण निषेधाज्ञा जारी गरिएको छ । जिल्ला अनुसार निषेधाज्ञा तोकिएको समय अनुसार जारी रहेको छ भने कतिपय जिल्लाहरुमा समय पनि थप हुदैं गएको छ । 

गृह मन्त्रालयका अनुसार कैलालीमा गत वैशाख १५ गतेदेखि सुरु भएको निषेधाज्ञा बढेर जेठ ६ गतेसम्म लम्बाईएको छ । पहिलो पटक वैशाख २२ सम्मको निषेधाज्ञालाई वैशाख ३१ गतेसम्म र त्यसपछि फेरि समय थप्दै जेठ २६ सम्म पुराईएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए । 

कोरोना भाइरसको शृङ्खला तोड्नका लागि कैलाली प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा खासै प्रभावकारी नभएको गुनासो बढीरहेका बेला निषेधाज्ञामा थप कडाई गरेको छ । केहि दिन अघिसम्म निषेधाज्ञामा केहि सहज गरेपनि अब भने थप कढाई गरिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण जिल्लामा समेत तीब्र रुपमा बढ्दै गइरहेको र  दिन प्रतिदिन संक्रमणको जोखिम उच्च हुँदै जिल्ला स्थित अस्पतालहरुको क्षमताभन्दा बढी मानिसहरु अस्पतालमा उपचारार्थ आइरहेको र संक्रमण जोखिम बढ्दै गइरहेको भन्दै थप निषेधाज्ञा लम्ब्याइएको कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए ।

कैलालीमा अब हप्ताको ३ दिन मात्रै खाद्य, तरकारी तथा फलफूलका पसल खोल्न पाइने छ । यसअघि हप्ताको सातै दिन खुलिरहेका खाद्य, तरकारी तथा फलफूलका पसल अब ३ दिन मात्रै खोल्न पाइने भएको हो । स्वास्थ्य सेवा, दूध डेरी तथा पेट्रोलियम पदार्थ सम्बन्धी पसल बाहेक तरकारी, फलफूल तथा खाद्य वस्तुका पसल व्यवसायहरु हरेक मंगलबार, बिहीबार र शनिबार बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

उता कञ्चनपुरमा पनि निषेधाज्ञा जारी रहेको छ । वैशाख १६ गतेदे िखजारी निषेधाज्ञा वैशाख ३१ गतेसम्मलाई रहेको छ । अवस्था अनुसार समय थप हुन सक्ने कञ्चनपुर प्रशासनले जनाएको छ । डडेल्धुराको निषेधाज्ञा जेठ ४ गतेसम्मलाई लम्बाईएकमो छ । वैशाख १९ गते जारी निषेधाज्ञा पहिलो पटकाका लागि वैशाख ६ गतेसम्म रहेकोमा समय थप गर्दै जेठ ४ गतेसम्मलाई लम्बाईएको हो । 

बाजुरामा वैशाख २२ गते जारी निषेधाज्ञाको समय अवधि सकिन दुई दिन बाँकी रहेको छ । वैशाख ३१ गतेसम्मलाई तोकिएको निषेधाज्ञा अवस्था अनुसार फेरबदल हुन सक्ने बाजुरा प्रशासनले जनाएको छ । वझाङमा पनि निषेधाज्ञा लम्बाईएको छ । बैशाख २० गतेदेखि सुरु भएको निषेधाज्ञा पहिलो पटकका लागि २६ गतेसम्मका लागि तोकिएको थियो । तर त्यसमा एक साता बढाउँदै जेठ २ गतेसम्मका लागि लम्बाईएको छ ।

वैतडीमा पनि २० गते जारी निषेधाज्ञा ३१ गतेसम्मका लागि तोकिएको छ भने डोटीमा पनि २१ गतेदेखि जारी गरिएको निषेधाज्ञा ३१ गतेसम्मका लागि भनिएको छ । अवस्था र परिस्थिति अनुसार दुबै जिल्लामा समय थप हुने दुबै जिल्लाका प्रशासन कार्यालयहरुले जनएका छन् । 

अछाममा वैशाख १९ गतेदेखि निषेधाज्ञा जारी भएको छ । त्यहाँ जेठ  गतेसम्मका लागि बढाईएको छ । दार्चुलामा सबैभन्दा ढिलो गरी मात्रै पुर्ण निषेधाज्ञा लगाईएको छ । २६ गते जारी निषेधाज्ञा ३१ गतेसम्मलाई तोकिएको छ । योभन्दा अघि त्यहाँ आशिंक निषेधाज्ञा लगाईएको थियो । 


हेर्नुस् देशभरका ६५ जिल्लामा जारी पुर्ण निषेधाज्ञाको सुची 

1

2

3

4

5

6

7

8