जनता अक्सिजन नपाएर मर्न थालेपछि सरकार र नेताको खोजी !
2021/05/13, 1:36
 
dd

 सुदूरपश्चिमबाट पहिलो पटक संघीय सरकारमा पुगेका चार जना मन्त्रीलाई सामाजिक सञ्जालबाट चर्को आलोचना भइरहेको छ । संघीय सरकारमा रहेका चार जना मन्त्री लेखराज भट्ट, प्रेम आले, गणेश ठगुन्ना र गौरीशंकर चौधरीलाई यती बेला प्रदेशवासीले सामाजिक सञ्जालबाटै प्रदेशवासीलाई बचाइदिन अपिल गरिरहेका छन् ।

दीर्घाराज उपाध्याय फेसबुकमा लेख्छन्,‘ सुदूरपश्चिमबाट पहिलो पटक केन्द्रीय सरकारमा चार जना मन्त्री पायौ भनेर हामीले हर्षबढाई ग¥यौ । सुदूरपश्चिमका नागरिकहरू अक्सिजन नपाएर मरिरहेका छन् । अक्सिजनको चरम अभाव छ । आजको अवस्था झन् भयावह छ । यदि आज अक्सिजन बाहिरबाट कुनै पनि साधन प्रयोग एयर लिफ्ट समेत गरी ल्याउन सकिएन भने ठूलो मानवीय क्षति हुन सक्छ । आफ्नो प्रदेशको नागरिकले अक्सिजन नपाएर तड्पिएर मर्नु परिरहेको अवस्था महशुस गरिदिन र तत्काल अक्सिजन ल्याउन पहल गरिदिन आग्रह गर्दछु ।’

यसै स्ट्याटसको कमेन्ट बक्समा मदन भट्ट नाम गरेका व्यक्ति लेख्छन्,खै के भन्नू अनि कति भन्नू, बोल्दाबोल्दै,लेख्दालेख्दै हामी थाकिसक्यौँ, सबै सुतेका छन् कि सुतेको नाटक गर्दै छन् भनेर उनले पनि सामाजिक सञ्चालनबाटै मन्त्रीको आलोचना गरेका छन् । कोरोना भाइरसले विश्व नै आक्रान्त बनेको छ । हरेक दिन संक्रमित र मृत्युदर बढिरहेका छन् ।

दोस्रो लहरको कोरोनाले नेपालमा पनि संक्रमणदर र मृत्युदर बढी रहेको छ । नयाँ भेरियण्टको कोरोना भाइरसको असर सुदूरपश्चिम प्रदेशमा पनि उच्च रहेको छ । शहर हुँदै समुदाय स्तरमा समेत कोरोना फैलिँदै गइरहेको छ । बढ्दो कोरोना सङ्क्रमणका कारण यहाँका सरकारी तथा निजी अस्पतालहरू भरिभराउ हुन पुगेका छन् ।

बढ्दो कोरोना सङ्क्रमणका कारण यहाँ अक्सिजन ग्यासको समेत चरम अभाव भएको छ । यो परिस्थितिमा केन्द्रीय सरकारका मन्त्री गरेको सौतेनी व्यवहार प्रति प्रदेशवासी आक्रोश भइरहेका छन् । केशव हमाल नाम गरेका व्यक्ति फेसबुकमा लेख्छन्, ‘अब अक्सिजन कता बाट आओस् रुखले हामीलाई के दिन्छ र हामी बाट के लिन्छ भन्ने कुरा थाहै नभएका मान्छे त मन्त्री भएका छन् अनि कता बाट होस देशको प्रगति भन्दै मन्त्रीको उनले व्यङ्ग्य हानेका छन् ।

कोरोना संक्रमितका लागि अत्यावश्यक चाहिने ग्यासको चरम अभाव भएपछि यहाँका बिरामीहरू अकालमै ज्यान गुमाउन बाध्य हुने गरेका छन्। यो स्थितिमा तिनै जनताले भोट दिएर उच्च पदमा पुगाएका तीनै मन्त्रीले अहिले प्रदेशवासीलाई देखाएको व्यवहार प्रति यहाँका जनता असन्तुष्ट पोख्दै आइरहेका छन् ।

नेता ज्यू फुर्ती’ त खुबै गर्नु हुन्थ्यो तर यो महामारीमा सुदूरपश्चिमका जनता अस्पतालमा अक्सिजन नपाएर मरिरहेका छन् धिक्कार हो नेता ज्यू हो जनताको भोटले मन्त्री बनी रजाई गर्नुजनताले सरापिरहेका छन् हजुरहरू लाई एक चोटि सोच्नुस् भन्दै पारस खड्काले सामाजिक सञ्जालबाट दुखेसो पोख्छन् । सुदूरपश्चिमको एक मात्रै मालिका अक्सिजन ग्यास उद्योगमा केहि दिन अघि उद्योगको प्लान्ट बिग्रिएपछि उत्पादनमा थप समस्या देखिएको हो ।

दैनिक एक सय ५० देखि एक सय ८० सिलिन्डर अक्सिजन उत्पादन क्षमता भएको उद्योगको अक्सिजन प्लान्ट नै बिग्रिएपछि फेरि अक्सिजन ग्यासको चरम अभाव हुन पुगेको हो । बढ्दो कोरोना सङ्क्रमणका कारण यहाँका सरकारी तथा निजी अस्पतालहरू भरिभराउ हुन पुगेका छन् । प्रदेशबाट उच्च ओहदामा स्थापित भए पनि प्रदेशवासीले विकास र परिवर्तनको अनुभव गर्न पाएका छैनन् ।

यो बेला उच्च ओहोदामा पुगेका नेताहरूले प्रदेशका लागि विशेष प्राथमिकता दिएर कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक उपकरण र जनशक्तीको व्यवस्था नगरेको आरोप छ । यस्तो परिस्थितिमा चनाखो भएर अघि बढ्नुको सट्टा कोरोनाको कहरमा मुख दर्शक बनेको प्रदेशवासीले बताउँदै आएका छन् ।

प्रदेशका आईसियू र भेण्टिलेरको अभावमा मृत्युदर बढिरहेको छ । यही क्रम चलिरहने हो भने उपचार अभावमा सुदूरपश्चिम बासीले मृत्यु कुर्न बाहेकको अर्को विकल्प छैन् । स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङ्क हेर्ने हो बुधवारसम्म प्रदेशमा हाल सम्म २७० जनाले अकालमै ज्यान गुमाइसकेका छन् भने २६ हजार ५सय ४३ जना कोरोना संक्रमित हुन पुगेका छन् । जसमा निको हुनेको संख्या १५ हजार रहेका छन् ।

जनताको भोटबाट निर्वाचित भएका मन्त्री प्रदेशका लागि राजनीति गर्ने हो भने यस कोरोनाको कहरमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिए आवश्यक उपकरण र जनश्क्तीको व्यवस्थापन गरी कोरोना रोकथाम र नियन्त्रणमा सक्रिय हुनुपर्ने बेला आएको छ ।