
कञ्चनपुरमा ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका – ६ मौरिफाँटामा से.१.त ४४४१ नम्बरको ट्रयाक्टरले से.३.प ३००५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकलमा सवार सोही ठाउँका २८ वर्षिय प्रकाश रोकाया र ३० वर्षिय सुरेश जप्रेलको मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट गुलरियाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाईते भएका उनिहरुलाई उपचारका लागी सेती प्रादेशिक अस्पताल धनगढीमा पठाईएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट गुलरियाका हवल्दार नविन प्रासद जोशीले बताए । उनले ट्रयाक्टर चालकको फरार रहेको र खोजी कार्य जारी रहेको जानकारी दिए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 7:33
2021/08/16, 9:20
2022/05/31, 2:16
2023/01/25, 5:37
2024/12/09, 12:15