विहीबार गड्डाचौकी र गौरीफन्टा नाकाबाट ९ सय २६ जना नेपाली स्वदेश भित्रिए, ८ जनामा संक्रमण
2021/05/13, 6:37
 
dd

कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट सोमबार ९ सय २६ जना नेपाल भित्रिएका छन्। गड्डाचौकी नाकाबाट २ सय ८ जना र गौरीफन्टाबाट ७ सय १८ जना गरी ९सय २६ जना स्वदेश फर्किएका हुन।

दुवै नाकाबाट स्वदेश फर्किएका मध्ये ८ जनामा कोरोना संक्रमण देखिएको छ। गड्डाचौकी नाकाबाट २ सय ८ जना भित्रिएकोमा १२४ जनामा एन्टीजेन परिक्षण गर्दा ६ जना र गौरीफन्टाबाट ७ सय १८ जना भित्रिएकोमा २४ जनामा एन्टीजेन परिक्षण गर्दा २ कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ।

कोरोना संक्रमण देखिएका व्यक्तिहरुलाई भने कञ्चनपुरको महाकाली अस्पताल र सेती अस्तालको आईसोलेसनमा राखिने गरेको जनाएको छ। यस्तै सोमबार नै दुवै नाकाबाट १ सय ७० जना नेपालबाहिर गएका छन्।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार कोरोना संक्रमण देखिएका बाहेका बाँकी अरु सबैलाई आ-आफ्नो स्थानीय तहको जिम्मा लगाईएको जनाएको छ।