बाजुरामा शववाहन नहुँदा समस्या
2021/05/14, 3:54
 
aa

बाजुरामा शव वाहान नहुँदा समस्या हुने गरेको छ । कोरोनाबाट मृत्यु भएकालाई फोहोर फाल्ने टिफर र यात्रु बोक्ने जिपमा बोकेर लग्नु पर्ने बाध्यता आएको छ । जिल्लाभरी शववाहन नहुँदा बडिमालिका नगरपालिकाको फोहोर बोक्ने टिफरले शव बोक्ने गरेको थियो । केही दिन पहिला नगरपालिको यात्रु बोक्ने जिप भाडामा लगेपछि अहिले जिवले शव बोकेर घाट सम्म पुुयाउने गरेको छ ।

बाजुरामा कोरोना कहर शुरु भएदेखी ५ जनाको मृत्यु भइसकेको छ । अस्पताल बाजुराले २ बर्ष सम्म पनि शव वाहन खरिद नगरेकाले फोहोर बोक्ने टिफर र गाडिमा शव बोक्नु परेको बडिमालिका नगरपालिकाले जनाएको छ । जिल्ला अस्पताल बाजुराका निमित्त कार्यलय प्रमुख डा। प्रकाश जोशीले  शव वाहन नहुँदा निकै समस्या भएको बताए ।

अस्पतालमा गएको आर्थिक बर्ष एम्बुलेन्स र शव वाहान खरिदका लागि बजेट आएको थियो । त्यो बर्ष खरिद गर्न नसकेर रकम फिर्ता भएको जोशीले बताए । यो बर्ष पनि एम्बुलेन्स र शव वाहान खरिदका लागि बजेट आएकोले खरिद गर्ने प्रक्रियामा पुुगेको अस्पतालले जनाएको छ ।  एम्बुलेन्स र शववाहान खरिदका लागि १५ लाखका दरले बजेट आएको जनाएको छ ।