सुदूरपश्चिममा थप ३० जना कोभिड संक्रमितको मृत्यु
2021/05/14, 7:50
 
corona

सुदूरपश्चिम प्रदेशमा आज थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

 प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले दिएको जानकारी अनुसार विभिन्न अस्पतालमा उपचाररत थप ३० जना संक्रमितको मृत्यु भएको हो । १५ जना पीसीआर र १५ जना एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएका व्यक्तिको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

 योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन सय १७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशका नौँ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसंगै प्रदेशमा संक्रमितको संख्या २८ हजार चार सय नाघेको छ भने सात हजार ८ सय बढि संक्रिय संक्रमित रहेका छन् । उनीहरुमध्ये दुई सय ६८ जनाको प्रदेशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।