सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन सय १७ पुगेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार हालसम्म तीन सय १७ जनाको कोरोनाका कारण ज्यान गएको छ । पछिल्लो बैशाख महिनामा मात्रै दुई सय ५९ जनाको ज्यान गएको छ ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले दैनिक रुपमा जारी गर्दै आएको तथ्यांकमा बैशाख १ गतेभन्दा अघि कोरोनाबाट प्रदेशमा ५८ जनाको ज्यान गएको थियो । शुक्रबार साँझ जारी तथ्यांकमा ३० जनाको ज्यान गएको उल्लेख गरिएको छ । बिहीबार साँझको तथ्यांकमा अहिलेसम्म दुई सय ८७ जनाको ज्यान गएको विवरण राखिएको थियो ।
बैशाखको अन्तिम हप्ता कोरोनाबाट धेरैले ज्यान गुमाएका छन् । पछिल्लो पाँच दिनमा मात्रै कोरोनाबाट एक सय ९ जनाको ज्यान गएको छ । पछिल्लो १४ दिनमा कोरोनाबाट दुई सय २७ जनाको ज्यान गएको छ । बैशाख १८ गतेदेखि बैशाख ३१ गतेसम्मको अवधिमा कोरोनाबाट प्रदेशमा दुई सय २७ जनाको ज्यान गएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयको तथ्यांक अनुसार पछिल्लो पाँच दिनमा सबैभन्दा बढी एक सय ९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । बैशाख १८ गते १० जना, १९ गते १२, २० गते १४, २१ गते ८ जना २२ गते ९ जना २३ गते १७ जना २४ गते १३ जना, २५ गते १५ जना २६ गते १८ जना, २७ गते १७ जना, २८ गते ३१ जना, २९ गते १४ जना, ३० गते १७ जना र ३१ गते ३० जना संक्रमितको ज्यान गएको निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
बैशाख २७, २८, २९, ३० र ३१ गते मात्रै गरेर एक सय ९ जनाको ज्यान गएको छ । सुदूरपश्चिममा अधिकांशले अक्सिजन नपाएका कारण ज्यान गुमाउनु परेको डाक्टरहरुको भनाई छ ।