कोरोनाका कारण सुदूरपश्चिममा एक महिनामा २५९ जनाको मृत्यु
2021/05/16, 10:55
 
dd

दोस्रो चरणको कोरोनाभाइरसको संक्रमणका कारण सुदूरपश्चिम प्रदेशमा गएको वैशाख महिनामा कम्तीमा २५९ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार वैशाख १८ गते १०, १९ गते १२, २० गते १४, २१ गते आठ, २२ गते नौ, २३ गते १७, २४ गते १३, २५ गते १५, २६ गते १८, २७ गते १७, २८ गते ३१, २९ गते १४, ३० गते १७ र ३१ गते ३० जना संक्रमितको मृत्यु भएको हो ।

स्वाथ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलाली र कञ्चनपुरका संक्रमितको मृत्यु भएको छ । सुदूरपश्चिममा अधिकांशले अक्सिजन नपाएका कारण ज्यान गुमाउनुपरेको स्वाथ्यकर्मीको भनाइ छ ।

कोरोनाभाइरस सुरु भएदेखि हालसम्म यस प्रदेशमा ३१७ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार वैशाखको अन्तिम हप्ता कोरोनाबाट धेरैले ज्यान गुमाएका छन् । पछिल्लो पाँच दिनमा मात्रै कोरोनाबाट १०९ जनाको मृत्यु भएको छ ।

यहाँका अस्पतालमा अक्सिजन नपाउँदा तथा कोरोना संक्रमित भएका बिरामी समयमै राम्रो अस्पतालसम्म पुग्न नसकेका कारण ज्यान गुमाउन बाध्य भएको निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ