
कञ्चनपुरमा प्रेस ज्याकेट लगाएर लागु औषध ओसार्ने पक्राउ परेका छन्। जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर ३ वैवाह सीमा क्षेत्रमा गस्तीमा रहेको सशस्त्र प्रहरीले सुदूर खबर प्रेस लेखेको ज्याकेट लगाएका २५ वर्षीय नरेश जोशीलाई पक्राउ गरेको हो।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ का जोशीले भारतीय नागरिकबाट ७ सय ग्राम खैरो हिरोईन नामक लागुऔषध ल्याएको शसस्त्र प्रहरीले बताएको छ। उनीसंग सुदूरखबरको परिचय पत्र समेत रहेको छ।
उनको साथबाट २ थान मोवाईल, एक थान क्यामेरा, ५ थान बैँकको चेक, एक थान एटीएम, एक थान पश्चिम नेपाल दैनिकको पास, यू.एन ट्रेड कन्सर्नको नाममा रहेको ब्लूबुक बरामद गरिएको सशस्त्र प्रहरीले बताएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04