अक्सिजन प्लान्टका लागि मेयर कल्याणकारी कोषमा पशुपति ईट्टा उद्योगद्धारा ५५ हजार बढी सहयोग
2021/05/16, 11:46
 
dd

अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिण्डरका लागि धनगढी उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा सहयोग हुन थालेको छ ।

कोषमा पशुपति ईट्टा उद्योगले ५५ हजार बढी रकम सहयोग गरेको छ । उद्योगका सञ्चालकहरु अभियान खड्का, डबलबहादुर थापा र कृष्णराज पाण्डेले ५५ हजार बढी रकम सहयोग गरेका हुन् ।

उनीहरुले आइतबार धनगढी उपमहानगरपालिका प्रमुख नृप बहादुर वडलाई ५५ हजार ५ सय ५५ रकम हस्तान्तरण गरेका हुन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाईका कुलबीर चौधरीले पनि २० हजार रुपैयाका चेक धनगढी नगरका मेयर नृपबहादुर वडलाई हस्तान्तरण गरेका छन् ।

1

मेयर वडले सहयोग गर्ने सहयोगी दातालाई धन्यवाद दिएका छन् । धनगढी उपमहानगरपालिकामा बैशाख ३० गते नगर प्रमुख तथा नगर स्तरीय कोभिड–१९ समितिका संयोजक नृपबहादुर वडको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रण तथा रोकथाम र व्यवस्थापनका लागि मेयर कल्याणकारी कोष स्थापना गरेको छ ।

नगर प्रमुख वडले धनगढी उपमहानगरपालिकाको खाता नम्बर १४७०१०००३०७०२०००२ मा कोष अभिवृद्धि गर्नका लागि दातृ निकाय, मनकारी व्यक्ती तथा सहयोगी दाता, संघ संस्था, उद्योगी व्यवसायी, व्यापारी र राष्ट्रसेवक कर्मचारीलाई कोषमा सक्दो सहयोग गरिदिन समेत अनुरोध गरेका छन् ।