कैलाली र कञ्चनपुरमा आइतबार थप ९ कोरोना संक्रमितको मृत्यु
2021/05/16, 5:07
 
aa

कैलाली र कञ्चनपुरमा आइतबार थप ९ कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सेती र महाकाली अस्पतालमा उपचारत थप ९ संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । 

कैलालीमा थप ३ कोराना संक्रमितको मृत्यु भएको छ ।  सेतीमा उपचारत थप ३ संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ  । धनगढी उपमहानरपाली –२ का ६७ बर्षिय पुरुष, धनगढी –५का ४५ बर्षिय पुरुष, र धनगढी –६ का ६५ बर्षिय पुरुषको मृत्यु भएको सुचना अधिकारी श्रेष्ठले बताए ।

कञ्चनपुरमा आइतबार थप ६ कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा महाकाली अस्पतालमा उपचारत थप ६ संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका ६ का ५० वर्षीय पुरुष, भीमदत्त नगरपालिका ७ का ७८ वर्षीया महिला, बेदकोट नगरपालीका ७ का  ८५ वर्षीय पुरुष, शुक्लाफाँटा १ का ५८ वर्षीय पुरुष, पुर्नवास ६ का ३६ वर्षीय पुरुष र  दोधारा चाँदनी ७ का ६५ वर्षीया महिलाको मृत्यु भएको कम्प्युटर अपरेटर महिन्द्रा भट्टले बताइन् ।