कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट आइतबार ८६० जना नेपाल भित्रिएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकी नाकाबाट ११० जना र गौरीफन्टाबाट ७५० जना गरी ८६० जना स्वदेश फर्किएका हुन ।दुवै नाकाबाट स्वदेश फर्किएका मध्ये ५ जनामा कोरोना संक्रमण देखिएको छ ।
गड्डाचौकी नाकाबाट ११० जना भित्रिएकोमा ३३ जनामा एन्टीजेन परिक्षण गर्दा १ जना र गौरीफन्टाबाट ७५० जना भित्रिएकोमा ४८ जनामा एन्टीजेन परिक्षण गर्दा ४ कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
कोरोना संक्रमण देखिएका बाहेका बाँकी अरु सबैलाई आ–आफ्नो स्थानीय तहको जिम्मा लगाईने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए ।
कोरोना संक्रमण देखिएका व्यक्तिहरुलाई भने कञ्चनपुरको महाकाली अस्पताल र सेती अस्तालको आईसोलेसनमा राखिने गरेको जनाएको छ । यस्तै आइतबार दुवै नाकाबाट २८३ जना नेपालबाहिर गएका छन् ।