निशुल्क अक्सिजन अभियान सञ्चालन गर्दै आएको ह्युमानिटी फाउण्डेसन नेपाललाई गेटा आँखा अस्पताल कर्मचारी युनियनले ३० हजार ५ रुपैया सहयोग गरेको छ ।
ह्युमानिटी फाउण्डेसन नेपालले अक्सिजनको अभावमा मृत्यु भईरहेकाहरुको जीवन रक्षाका लागि थालेको निःशुल्क अक्सिजन अभियानमा जोडिदै गेटा आँखा अस्पताल कर्मचारी युनियनले ३० हजार ५ रुपैया सहयोग गरेको हो ।
युनियनका कार्यसमितिका पदाधिकारीहरुद्वारा संकलित नगद रकम कर्मचारी युनियनका अध्यक्ष खेम राज उपाध्याय, कोषाध्यक्ष राजेन्द्र पनेरु, सल्लाहाकार महेश ओझाले संयुक्त रुपमा ह्युमानिटी फाउण्डेसनका कोषाध्यक्ष मान सिंह साउँद र सदस्य दीर्घ राज उपाध्यायलाई हस्तान्तरण गरेका हुन ।
ह्युमानिटी फाउण्डेसनले सुदूर पश्चिमका सरकारी अस्पतालहरुमा निशुल्क अक्सिजन उपलब्ध गराउदै आएको छ । फाउण्डेसनका महासचिव दीर्घराज उपाध्यायले ह्युमानिटी फाउण्डेसनले सञ्चालन गरिरहेको नि:शुल्क अक्सिजन अभियानमा सहयोग गरेकोमा कर्मचारी युनियनका कार्य समितिका पदाधिकारीहरु प्रति आभार व्यक्त गरे । ह्युमानिटी फाउण्डेसन नेपालले कोरोना रोकथाम र नियन्त्रणका लागि स्थानीय प्रशासन, अस्पताल तथा सरकारहरुसंगको समन्वयमा ह्युमानिटी फाउण्डेसनले काम गर्दै आएको छ ।
युनियनका तर्फबाट अध्यक्ष खेम राज उपाध्याय, उपाध्यक्ष मिना विष्ट, सचिव जय बहादुर बुमी, कोषाध्यक्ष राजेन्द्र पनेरु, सदस्यहरु नरेश मडै, चेत राम चौधरी, अमृता चौधरी, सुशांक शाह, कमला चौधरी, सल्लाहाकार समितिका संयोजक गणेश बहादुुर चौधरी, सल्लाहाकारहरु सुरेश अवस्थी, पवन शाह, मान बहादुर चौधरी, महेश ओझा, हरिशमणी भट्टले जनही दुई हजार रकम सहयोग गरेको गेटा आँखा अस्पताल कर्मचारी युनियनका अध्यक्ष खेम राज उपाध्यायले बताए । उनले कोरोनाको यस विषम परिस्थितिमा अक्सिजनको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले फाउण्डेशनलाई आर्थिक सहयोग गरिएको बताए ।