धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न चन्दन कन्सट्रक्सनका संचालक खड्काले गरे ११ हजार सहयोग
2021/05/17, 11:33
 
dd

धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न चन्दन कन्सट्रक्सनका संचालक राजेश खड्काले ११ हजार सहयोग गरेका छन् । धनगढी ५ हसनपुर निवासी समेत रहेका खड्काले धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि उनले ११ हजार आर्थिक सहयोग रकम जम्मा गरेका हुन् ।

खड्काले धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि आफ्नो सानो रकमले पनि केही सहज होस् भन्दै उनले सो रकम उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा जम्मा गरेका हुन् । यस्तो महाबिपत्तीमा सबैलाई आफ्नो क्षेत्रमा सहयोगका लागि एक जुट हुन समेत खड्काले आह्वान गरेका छन् ।