सेती प्रादेशिक अस्पतालको सर्जिकल र इमर्जेन्सी वार्डमा पनि राखियो कोरोना संक्रमित
2021/05/17, 6:07

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि ७४ शय्या थप गरिएको छ। यसअघि ६१ बेडमा कोरोना संक्रमितको उपचार गरिरहेको अस्पतालको प्रशासनले सोमबारदेखि १३५ बेड पुर्याएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले अन्य बिरामी नभएपछि सर्जिकल वार्डका ४० र इमर्जेन्सी वार्डमा भएका ३४ बेड पनि कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्न थालिएको बताए।
यसअघि कोरोना उपचार भवनमा रहेका ६१ बेडमा मात्रै संक्रमितलाई राख्ने व्यवस्था थियो। जसमध्ये १६ आइसियू बेड छन्।अहिले सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमित, इमर्जेन्सी, प्रसूति, इमर्जेन्सी अपरेसनबाहेकको सेवा बन्द गरेको छ।

सूचना अधिकारी श्रेष्ठले अस्पतालको प्रांगणमै रहेका संक्रमितहरूलाई बेडको सुविधा पुर्याउन यस्तो गरिएको बताए।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/17, 1:45
2024/11/29, 12:12
2021/05/01, 5:21
2021/11/23, 11:04
2020/09/05, 6:09