
कोरोना भाइरस सङ्क्रमणबाट काठमाण्डौ उपत्यकासहित २० जिल्ला अति जोखिममा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ, ललितपुर, भक्तपुर, मोरङ, रुपन्देही, काभ्रे, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर, धनुषा, सुनसरी, पर्सा, बर्दिया र पाल्पा बढी जोखिममा छन् ।
यी जिल्लाहरुमा सङ्क्रमितको संख्या धेरै रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार देशभर सक्रिय सङ्क्रमितको संख्या १ लाख १३ हजार नाघेको छ ।
देशभर ७ सय ८ क्वरेण्टीनमा छन् । १ हजार २ सय ५९ आईसीयू र ४ सय सङ्क्रमित भेन्टिलेटरमा छन् । मन्त्रालयका अनुसार प्रदेश-१ मा १ सय ७४ आईसीयू र ५२ भेन्टिलेटर, प्रदेश-२ मा २ सय ७ आईसीयू र ५७ जना भेन्टिलेटरमा छन् । वाग्मती प्रदेशमा ५ सय २९ जना आईसीयू र २ सय २३ जना भेन्टिलेटरमा छन् ।
गण्डकी प्रदेशमा १ सय १६ आईसीयू र ३३ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय १३ आईसीयू र १८ जना भेन्टिलेटर, कर्णालीमा ८१ आईसीयू र ८ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ३९ आईसीयू र नौ जना भेन्टिलेटरमा उपचाररत छन्।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/20, 4:02
2021/09/06, 2:54
2023/11/21, 1:15