कञ्चनपुरमा  थप ७ कोरोना संक्रमितको मृत्यु
2021/05/18, 4:58
 
dd

कञ्चनपुरमा मंगलबार थप ७ कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचारत थप ७ कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा भिमदत्तनगरपालीका– ६ का ७० बर्षिय पुरुष,  भिमदत्त ३ का ६८ बर्षिया महिला, भिमदत्त १४ का ६९ बर्षिया महिला, शुक्लाफाँटा ७ का ५१ बर्षिय पुरुष,  कृष्णपुर ७ का ३२ बर्षिय पुरुष, दोधाराचाँदनी २ का ४१ बर्षिय पुरुष र कपिलबस्तुका ४७ बर्षिया महिलाको मृत्यु भएको कम्प्युटर अपरेटर महिन्द्रा भट्टले जानकारी दिइन् ।

जिल्लामा थप १६१ कोरोना संक्रमित थपिएका छन् ।