धनगढीमा अक्सिजन प्लान्ट स्थापनाका लागि प्रदेश सभा सदस्य पन्तद्धारा ५१ हजार बढी सहयोग
2021/05/19, 3:32
 
dd

चौधरी फाउण्डेसन र धनगढी उपमहानगरपालिकाको साझेदारीमा अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डरका लागि मेयर कल्याणकारी कोषमा सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्तले ५१ हजार वढी रकम सहयोग गरेका छन् । कैलाली निर्वाचन क्षे नम्बर ५ (ख) बाट विजयी प्रदेश सभा सदस्य पन्तले ५१ हजार एक सय ११ रुपैया सहयोग गरेका हुन् । सहयोग रकम धनगढी उपमहानगरपालिका मेयर नृपवहादुर ओडलाई हस्तान्तरण गरिएको छ । 
 
पछिल्लो समय धनगढीमा दिनप्रतिदिन अक्सिजन अभाबका कारण कोरोना संक्रमितको मुत्यु हुने क्रम बढ्दै गएपछि विभिन्न संघ संस्था तथा ब्यक्तीगत रुपमा आर्थिक सहयोग गर्ने क्रम जारी रहेको छ । धनगढी उपमहानगरपालिकामा बैशाख ३० गते नगर प्रमुख तथा नगर स्तरीय कोभिड–१९ समितिका संयोजक नृपबहादुर वडको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रण तथा रोकथाम र व्यवस्थापनका लागि मेयर कल्याणकारी कोष स्थापना गरेको थियो ।

 नगर प्रमुख वडले धनगढी उपमहानगरपालिकाको खाता नम्बर १४७०१०००३०७०२०००२ मा कोष अभिवृद्धि गर्नका लागि दातृ निकाय, मनकारी व्यक्ती तथा सहयोगी दाता, संघ संस्था, उद्योगी व्यवसायी, व्यापारी र राष्ट्रसेवक कर्मचारीलाई कोषमा सक्दो सहयोग गरिदिन समेत अनुरोध गरेका छन् ।