दार्चुलाको गोकुलेश्वर अस्पतालमा अक्सिजन प्लान्ट जडान हुने
2021/05/20, 9:51
 
dd

ह्युमानिटी फाउण्डेसन नेपालले दार्चुलाको गोकुलेश्वर अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने भएको छ । सुदूरपश्चिमको दुर्गम जिल्ला दार्चुलामा अक्सिजन अभाबका कारण सक्रमितको उपचारमा समस्या हुन थालेपछि अक्सिजन प्लान्ट जडान गर्ने भएको हो ।

जतिसक्दो चाडो दार्चुलाको गोकुलेश्वर अस्पतालमा प्लान्ट स्थापना गर्ने हाम्रो लक्ष्य रहेको फाउण्डेसनका महासचिव दीर्घ उपाध्यायले बताए । दार्चुला भन्दा अघि सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने सहमती भईसकेको फाउण्डेसनले जनाएको छ ।

दुबै अस्पतालमा राखिने अक्सिजन प्लान्ट प्लान्ट बुक गरिसकेको उनले बताए । ह्युमानिटी फाउण्डेसन नेपालले शंकर गु्रप, ईन्फिनिटी होल्डिङ्स र हामी नेपालीको सहकार्यमा सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्दैछ ।

सुदूर पश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कोरोना रोकथाम र नियन्त्रणका लागि, स्वास्थ्य सामग्री, अक्सिजन प्लान्ट लगायतका उपकरण खरीदका लागि ह्युमानिटी फाउण्डेसनलाई एक करोड रुपैया दिने निर्णय गरेको छ । 

सामाजिक विकास मन्त्रालयले दीएको रकम नलिएको बताउदै फाउण्डेसनका महासचिव उपाध्यायले सुदूरपश्चिमका दूर दराजमा अक्सिजन प्लान्ट स्थापना तथा नागरिकको जीवन रक्षाका लागि गरिने प्रयत्नहरुमा रकम अभाव भएमा मन्त्रालयको रुपैया खर्च गर्ने बताए ।