दोस्रो चरणको कोरोना भाइरसको संक्रमणका कारण सुदूरपश्चिम प्रदेशमा जेठको ५ दिनमा ८० जनाको मृत्यु भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार जेठको ५ दिनमा ८० जना संक्रमितले ज्यान गुमाएका हुन् ।
५ दिनको अवधिमा सबैभन्दा वढी जेठ गते २१ जनाको मृत्यु भएको छ । जेठ १ गते १६ जना, जेठ ३ र ४ गते १४÷१४ जना र जेठ ५ गते १५ जनाको मृत्यु भएको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
५ दिनको अवधिमा प्रदेशभर तीन हजार तीन सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । निर्देशनालयका अनुसार जेठ १ गते ४८२ जना, जेठ २ गते ८७६ जना, जेठ ३ गते ४८७ जना, जेठ ४ गते ५८३ जना र जेठ ५ गते ८८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा एक हजार तीन सय २७ जनाले कोरोना जितेका छन् । जेठ १ गते १४९ जना, जेठ २ गते २१७ जना, जेठ ३ गते ३२९ जना, जेठ ४ गते २३४ जना र जेठ ५ गते ३९८ जनाले कोरोनालाई परास्त गरेका छन् ।