त्रिनगर नाकामा कोरोना परिक्षण गर्ने किटको अभाब
2021/05/20, 3:02
 
dd

कैलाली-कञ्चनपुरको सिमा नाका त्रिनगरनाकामा कोरोना परिक्षण गर्ने किटको अभाब देखिएको छ । कोरोनाको दोस्रो लहर सुरु भएपछि भारत गएका नेपालीहरुको स्वदेश फकिर्नेक्रम बढेपनि नाकामा भने किटको अभाब भएको छ ।

सुदूरपश्चिम प्रदेशको मुख्य सिमानाकाको रुपमा रहेको त्रिनगरनाका भएर हजारौँ नेपालीहरु स्वदेश फर्किरहेका छन् ।  तर अहिले कोरोना परिक्षण गर्ने किट अभाब भएपछि चेकजाँचमा समस्या भएको त्रिनगर हेल्थ डेस्कले जनाएको छ ।

हेल्थ डेस्कका इन्र्चाज गणेश बहादुर साउँदका अनुसार  गत चैत ३ गते देखि एन्टिजेन  बिधी मार्फत कोरोना परिक्षण  गरिदै आएको भएपनि  अहिले त्रिनगर हेल्थ डेस्कमा कोरोना परिक्षण गर्ने किट अभाब हुदाँ कोरोना परिक्षणमा समस्या भएको बताए ।

भारतबाट आउने नागरिकलाई चेक गरेर मात्रै घर पठाउने निर्णय गरिएको भए पनि  अहिले आएर त्यो निर्णय अनुसार किट उपलब्ध हुन नसकेको साउदको भनाई छ । अहिलेसम्म १८ हजार बढीको एन्टीजेन बिधीबाट कोरोना जाँच गरिसकेको जनाएको छ ।

जसमध्ये १८ सयको हाराहारीमा कोरोना पोजेटिभ देखिएको  हेल्थ डेक्सका इन्र्चाज साउँदले बताए ।  अब हेल्थ डेस्क संग ३/४ सय मात्रै किट उपलब्ध रहेको जनाएको छ । अहिले सो नाकाबाट दैनिक ८/९ सयकादरले नागरिक भित्रीरहेका छन् ।