
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोरोना मुक्त भएका छन् । कोराना संक्रमण देखिएको १०ओै दिन बुधवार गरेको पिसिआर रिपोर्ट निगेटिभ आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मातृ शोकमा रहेका मुख्यमन्त्री भट्टलाई केही दिन ज्वरो र रुघाखोकी आएको भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको थियो ।
मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवर ‘प्रख्यात’ का अनुसार सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डाक्टर शेरबहादुर कमरको निगरानीमा होम आइसोलेसनमै मुख्यमन्त्रीको उपचार भएको थियो।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 3:42
2020/10/21, 2:53
2021/05/13, 1:17
2021/12/08, 11:47
2022/12/18, 1:19