सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ४०७ पुग्यो
जेठ महिनाको ६ दिनमा ९० जनाको मृत्यु
2021/05/21, 10:53
 
dd

सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या चार सय सात पुगेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म कोरोनाबाट सुदूरपश्चिममा चार सय ७ जनाको मृत्यु भएको हो । 

दोस्रो चरणको कोरोना भाइरसको संक्रमणका कारण सुदूरपश्चिम प्रदेशमा जेठको ६ दिनमा ९० जनाको मृत्यु भएको छ । दोस्रो चरणको कोरोना भाइरसको संक्रमणका कारण सुदूरपश्चिम प्रदेशमा जेठको ६ दिनमा ९० जनाको मृत्यु भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार जेठको ६ दिनमा ९० जना संक्रमितले ज्यान गुमाएका हुन् ।

६ दिनको अवधिमा सबैभन्दा वढी जेठ  गते २१ जनाको मृत्यु भएको छ । जेठ १ गते १६ जना, जेठ ३ र ४ गते १४÷१४ जना, जेठ ५ गते १५ जना र जेठ ६ गते १० जनाको मृत्यु भएको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

अघिल्लो महिना वैशाखमा दुई ५९ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीका सुपका नौ जिल्लामा गरी सो संख्यामा संक्रमितको मृत्यु भएको हो ।  वैशाखभन्दा अघि प्रदेशमा ५८ जनाको मृत्यु भएको थियो । वैशाख मसान्तसम्म तीन सय १७ जनाको मृत्यु भएकोमा जेठको ६ दिनमा ९० जना मृतकको संख्या बढेको हो । वैशाखको अन्तिम हप्ता कोरोनाबाट धेरैले ज्यान गुमाएका छन ।

स्वाथ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलाली र कञ्चनपुरका संक्रमितको मृत्यु भएको छ । सुदूरपश्चिममा अधिकांशले अक्सिजन नपाएका कारण ज्यान गुमाउनु परेको स्वाथ्यकर्मीको भनाइ छ । यहाँका अस्पतालमा अक्सिजन नपाउँदा तथा कोरोना सङ्क्रमित भएका बिरामी समयमै राम्रो अस्पतालसम्म पुग्न नसकेका कारण ज्यान गुमाउन बाध्य भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।