
कञ्चनपुरमा शुक्रवार थप ९ कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ५ जना, बेलौरी, कृष्णपुर, दोधारा, र शुक्लाफाँटामा १–१ जना रहेका छन् ।यस्तै, कञ्चनपुरमा शुक्रवार १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
महाकाली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा ७९ जना र ऐन्टिजिन परिक्षणमा ३९ जनामा कोरोना संक्रमिण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भटटले जानकारी दिईन् ।आज २ सय ३५ जनाले कोरोना जितेका छन् ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/29, 2:36
2023/06/07, 7:03