धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न कैलाली बहुमुखी क्याम्पसद्धारा एक लाख ५० हजार बढी सहयोग
2021/05/21, 6:37
 
aa

धनगढीमा अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डरकालागि मेयर कल्याणकारी कोषमा कैलाली बहुमुखी क्याम्पसले आर्थिक सहयोग गरेको छ ।  मेयर कल्याणकारी कोषमा बहुमुखी क्याम्पस परिवारले एक लाख ५० हजार चार सय रुपैया आर्थिक सहयोग गरेको हो । 

अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डरको लागि मेयर कल्याणकारी कोषमा सहयोग गरिएको रकम उपमहानगरपालिका मेयर नृपवहादुर वडलाई हस्तान्तरण गरिएको छ । धनगढी उपमहानगरपालिकामा बैशाख ३० गते नगर प्रमुख तथा नगर स्तरीय कोभिड–१९ समितिका संयोजक नृपबहादुर वडको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रण तथा रोकथाम र व्यवस्थापनका लागि मेयर कल्याणकारी कोष स्थापना गरेको थियो ।

नगर प्रमुख वडले धनगढी उपमहानगरपालिकाको खाता नम्बर १४७०१०००३०७०२०००२ मा कोष अभिवृद्धि गर्नका लागि दातृ निकाय, मनकारी व्यक्ती तथा सहयोगी दाता, संघ संस्था, उद्योगी व्यवसायी, व्यापारी र राष्ट्रसेवक कर्मचारीलाई कोषमा सक्दो सहयोग गरिदिन समेत अनुरोध गरेका छन् ।