सुदूरपश्चिम प्रदेशका ७ वटा प्रयोगशालामा २१५७ नमूना पीसीआर तथा ५ वटा सीमानाकामा ४९० नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्। पछिल्लो २४ घण्टामा दुवै विधिबाट गरेर कूल २६४७ नमूना परीक्षण गर्दा १०९० जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।
पीसीआर विधिबाट परीक्षण गर्दा ९८४ जना संक्रमित भेटिएका छन् भने, ऐन्टिजेन विधिबाट परीक्षण गर्दा १०६ जनामा संक्रमण पुस्टि भएको छ। सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल डोटी, बैतडी अस्पताल, बझाङ्ग अस्पताल र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २१५७ जनाको नमूना परिक्षण गर्दा थप ९८४ जनामा संक्रमण पुस्टि भएको निर्देशनालयले जनाएको छ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १२१६ नमूना परीक्षण गर्दा ५३९ जना, महाकाली अस्पतालमा ७० नमूना परीक्षण गर्दा ४५ जना, डडेल्धुरा अस्पतालमा २८० नमूना परीक्षण गर्दा १२० जना, डोटी अस्पतालमा १०९ नमूना परीक्षण गर्दा ४१ जना, बैतडी अस्पतालमा ३४३ नमूना परीक्षण गर्दा ६६ जना, बझाङ्ग अस्पतालमा ९५ नमूना परीक्षण गर्दा ५१ जना र अछामको कमलबजार अस्पतालमा १४४ जनाको नमूना परीक्षण गर्दा १२२ जनामा कोरोना संक्रमण पुस्टि भएको हो।
हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ७ हजार ६ सय ८६ नमूना परीक्षण गर्दा ३४ हजार ६०१ जनामा संक्रमण फेला परेको छ। प्रदेशभर संक्रमण पुस्टि भएका १८ हजार १ सय १२ जनाले कोरोना जितेका छन् भने, ४१८ जनाको मृत्यु भएको छ।
सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ५९६ जना संक्रमित निको भएका छन्। पछिल्लो २४ घण्टामा कञ्चनपुरका ९, बैतडी र अछाम १र१ जना गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।