राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गरी मध्यरातमा मध्यावधि निर्वाचनको घोषणा गरेकी छन् । सरकार गठनका लागि शेरबहादुर देउवा र केपाी ओलीले गरेको दाबी दुवैलाई खारेज गर्दै मन्त्रिपरिषद्को सिफारिसमा उनले चुनाव घोषणा गरेकी हुन् । राष्ट्रपतिले केपी ओलीका हरेक निर्णयलाई साथ दिंदै मध्यरातमा चुनावमा जाने निर्णय गरेकी हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजेर ४९ मिनेटमा प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन गर्न मिति तोकिएको छ । राष्ट्रपति भण्डारीले मध्यरातमा प्रधानमन्त्री पदका लागि केपी ओली र शेरबहादुर देउवाले गरेको दाबी नपुग्ने निर्णय गरेलगत्तै सरकार निर्माणका लागि संविधानअन्तर्गतका सबै कसरतहरु बन्द भएका थिए ।
त्यसपछि राति १२ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर १२ बजेर ४५ मिनेटमा संविधानको धारा ७६ (७)) बमोजिम प्रतिनिधिसभा विघटनको सिफारिस गर्दै २ चरणमा चुनावको मिति तोकका हुन् ।