यो कुनै मध्यावधि होइन संविधान खारेज गर्ने प्रपञ्च हो: डा. बाबुराम भट्टराई
2021/05/22, 10:06

मध्यरात संसद विघटन गरेर चुनावको दिशातिर मुलुकलाई लगेपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान मास्ने खेल भइरहेको टिप्पणी गरेका छन् ।

उनले कात्तिक २६ गते र मंसिर ३ गते चुनाव नहुने बरु संविधान मासिने भन्दै चिन्ता व्यक्त गरेका हुन् । “भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली–विद्या कुकर्म,” उनले ट्विट गरेका छन्, “यो कुनै मध्यावधि चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपञ्च हो । एकजुट होऊँ प्रतिवाद गरौं ।”

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/22, 3:27
2022/02/20, 1:36
2024/11/29, 12:15
2020/07/27, 8:47