सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या चार सय सात पुगेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म कोरोनाबाट सुदूरपश्चिममा चार सय १८ जनाको मृत्यु भएको हो । जेठ महिनाको पहिलो साता १०१ जनाको मृत्यु भएको छ ।
अघिल्लो महिना वैशाखमा दुई ५९ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीका सुपका नौ जिल्लामा गरी सो संख्यामा संक्रमितको मृत्यु भएको हो ।
वैशाखभन्दा अघि प्रदेशमा ५८ जनाको मृत्यु भएको थियो । वैशाख मसान्तसम्म तीन सय १७ जनाको मृत्यु भएकोमा जेठको ७ दिनमा १०१ जना मृतकको संख्या बढेको हो । वैशाखको अन्तिम हप्ता कोरोनाबाट धेरैले ज्यान गुमाएका छन । स्वाथ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलाली र कञ्चनपुरका संक्रमितको मृत्यु भएको छ ।
सुदूरपश्चिममा अधिकांशले अक्सिजन नपाएका कारण ज्यान गुमाउनु परेको स्वाथ्यकर्मीको भनाइ छ । यहाँका अस्पतालमा अक्सिजन नपाउँदा तथा कोरोना सङ्क्रमित भएका बिरामी समयमै राम्रो अस्पतालसम्म पुग्न नसकेका कारण ज्यान गुमाउन बाध्य भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।