
कञ्चनपुरमा बेवारिसे अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । भिमदत्त नगरपालिका-१३ माहाकालि नदिको पश्चिम पट्टि किनारमा घोप्टो अवस्थामा मृतकको शव फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवत्ता तथा प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाका अनुसार अन्दाजी ४२ बर्षीय पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको र शवको पहिचान हुन नसेको जनाएको छ ।अहिले मृतकको शब परीक्षणको लागी महाकाली अस्पतालमा राखिएकोएको प्रहरी नायव उपरीक्षक थापाले बताए ।
घटनाबारे थप अनुसन्धान भईरहेको र मृतकलाई देख्नु वा चिन्नु हुने ब्यक्तीहरुले प्रहरीमा सम्पर्क गरिदिन जिल्ला प्रहरी कर्यालय कञ्चनपुरले अनुरोध समेत गरेको छ ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/29, 2:36
2023/06/07, 7:03