
कैलालीमा कोरोना संक्रमितलाई निःशुल्क परामर्श सेवा दिइ रहेको छ । सेती प्रादेशिक अस्पतालका पुर्व मेडिकल सुपरिन्टेन्डेन्ट डा. गणेश सिंह, डा. शुसिल भण्डारी र डा.प्रतिक्षा सिंह राठौरले निःशुल्क परामर्श सेवा दिने भएका हुन् ।
कोरोना संक्रमित र उनीहरुका परिवारलाई निःशुल्क परामर्श सेवा दिने रोटरी क्लब अफ धनगढीका संयोजक दीपक उपाध्यायले बताए ।

कैलालीमा कोरोना संक्रमणका कारण दिनप्रतिदिन संक्रमितको संख्या बढ्न थालेपछी संक्रमित र उनीहरुको परिवारको उपचारमा सहयोग पु¥याउने उद्देश्यले रोटरी क्लब अफ धनगढीको पहलमा परामर्श सेवा दिइने भएको हो । संक्रमितलाई परामर्शले केही भएपनि फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/02/06, 1:38
2025/02/13, 5:07