
सेती प्रादेशिक अस्पतालमा थप ४ जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ६५ वर्षीय पुरुष, वडा नम्बर ८ का ५८ वर्षीय पुरुष, वडा नम्बर १२ का ४२ वर्षीय पुरुष र गोदावरी नगरपालिका वडा नम्बर ४ का ३५ वषीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

यस्तै पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा १ हजार १ जनाको नमुना परिक्षण गर्दा थप ५३८ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। भने ४६३ जनाको रिपोर्ट नेगेटिभ अएको छ। हाल अस्पतालमा १०३ जना संक्रमित उपचाररत रहेका छन्। जसमध्ये १६ जना आईसीयूमा र ८३ जना अक्सिजन सपोर्टमा उपचाररत रहेको अस्पतालले जनाएको छ।
पछिल्लो २४ घण्टामा १० जना निको भएर घर फर्केका छन भने ९ जना नयाँ सक्रमित भर्ना भएको सूचना अधिकारी श्रेष्ठले बताए।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/29, 2:36
2023/06/07, 7:03