सेती प्रयोगशालामा थप १२९ जनामा कोरोना संक्रमण पुष्टि, ३० कोरोनामुक्त
2021/05/23, 5:35
 
corona

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरीएको कोरोना परीक्षणमा १ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको छ । ५ सय ६५ जनाको स्वाब परीक्षण गरीएकोमा ४ सय ३६ जनाको रिपोट नेगेटिभ आएको छ ।

अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार धनगढीका ८ जना , कैलालीका १२१ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै  अस्पतालमा ८२ जनाको उपचार भईरहेको जनाएको छ ।  

अस्पतालमा आइसीयुमा १२ जना रहेकोका छन्, भने  ७० जना अक्सिजन सर्पोटमा उपचार भईरहेको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ३० जना कोरोनामुक्त भएका छन् भने  थप १४ जना अस्पतालमा भर्ना भएका छन् ।  

पछिल्लो २४ घण्टामा ५ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।