भारतले नेपाली भूमि अतिक्रमण गरी बनाइरहेको तवाघाट–लिपुलेक सडकको गर्वाधार क्षेत्रमा पहिरोमा पुरिएर एक नेपालीसहित तीन मजदुरको मृत्यु भएको छ ।
आइतबार बिहान ९ बजे उक्त सडक खण्डमा चट्टानमा प्वाल पार्न ट्राला अटोमेटिक ड्रिलमेसिन लैजाने क्रममा माथिबाट एक्कासि पहिरो खस्दा तीन जना पुरिएको भारतीय प्रहरीले जनाएको छ ।
भारतीय प्रहरीका अनुसार पुरिएर दार्चुला घर भएका २१ वर्षीय तारा सिंह, उनीसँगै काम गर्ने मेसिन अप्रेटर र अर्का एक भारतीय मजदुरको मृत्यु भएको हो । पुरिएका तीनै जनाको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीको भनाइ छ ।
भारतीय सीमा सडक संगठन (बीआरओ) को गर्ग एन्ड गर्ग कम्पनीले हाल नेपाली अतिक्रमित भूमि लिपुलेक जोड्ने सडक निर्माण गरिरहेको छ । पहिरोले उक्त सडक खण्ड पनि अवरुद्ध भएको छ ।
2024/11/27, 6:44
2024/11/27, 6:19
2024/11/27, 6:04
2024/11/27, 5:57
2024/11/27, 5:35
2024/11/27, 6:44
2024/11/27, 6:19
2024/11/27, 6:04
2024/11/27, 5:57
2024/11/27, 5:35
2022/07/05, 6:30
2020/05/12, 6:15
2020/09/09, 11:49
2021/08/23, 10:30