
कैलाली प्रहरीले घरमा बसेका कोरोना संक्रमितका लागि होम आइसोलेसन कल सेन्टर सेवा सुरु गरेको छ। घरमा बसेका संक्रमित बिरामीमा पर्न सक्ने मानसिक तनाव न्युनिकरण गर्न र अस्पतालमा सामान्य खालका लक्षण देखिएका संक्रमितको चाप कम गर्न सोमबारदेखि सो कल सेन्टर सेवा सुरु गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा ८५ प्रतिशत संक्रमित होम आसोलेसनमा रहेका छन्। होम आइसोलेसनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिने कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।

त्यस्तै, फोन मार्फत चिकित्सकहरुबाट स्वास्थ्य सबन्धी राय, परामर्स तथा सहयोग प्रदान गरिने समेत बताइएको छ।
2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/29, 2:36
2023/06/07, 7:03